काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन्। अमेरिकी सहयोग परियोजना एमसीसी लगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष दाहालले सोमबार विशेष सम्बोधन गर्ने भएका हुन्।
संसदबाट एमसीसी अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको पनि दाहालको सचिवालयले दाबी गरेको छ । दाहादका स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर मात्र मूल्यांकन गर्न नहुने बताउँदै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट मुलुकलाई बचाइएको जिकरि गरेकी छन्।
धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको पनि उनले प्रष्ट पारिन्। उनले संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझ्न पनि नेता कार्यकर्तालाई अपिल गरेकी छन्।