काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन दबाब दिन थालेको छ। इप्पानले गत ३ वर्षदेखि रोकिएको पीपीए खुलाउन नेपाल विद्युत प्राधिकरणलाई दबाब दिन थालेको हो।
प्राधिकरणले विगत तीन वर्षदेखि विद्युत उत्पादकहरूसँग विद्युत खरिद सम्झौता रोकेको छ । यद्यपी, ऊर्जा उत्पादनको नयाँ लाइसेन्स बाँड्न भने रोकिएको छैन । इप्पानले यहि दोहोरो नीति हटाउन प्राधिकरणलाई दबाब दिन लागेको जनाएको छ ।