काठमाण्डौं। नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले नगरिक लगानी कोषको नवनिर्मित भवन हस्तारण गरेकोछ। अर्थमन्त्री डा.युवराज खतिवडाले कोषको २९ औँ वार्षिककोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पुर्वमा रहेको कोषको ६ रोपनी जग्गामा सो भवनको शिलान्यास गर्नु भएको थियो।
लगानी कोष र शहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौताका आधारमा उक्त कोषको लगभग ९० करोड लागतमा शर्मा रोशन जे.भी लाई शहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट निर्माणको लागी ठेक्का दिएको थियो। शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महानिर्देशक नवराज प्याकुरेललाई र प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन्।
विभाग र निर्माण कम्पनीलाई उक्त भवनको निर्माण पछिको हस्तान्तरण कार्यक्रमकोषका कार्यकारी निर्देशक नेपालले कोभिड १९ जस्तो महामारीको अवस्थामा पनि भवन निर्माणको कार्य तिब्र गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा धन्यबाद प्रदान गर्नुभएको छ। उहाँका अनुसार उक्त नवनिर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउँने छन् भने सेवा दिनेहरुले पनि सहज रुपमा आफ्नो काम गर्न पाउने छन्।
कोभिडको समयमा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा र सेवा लिन आउने सेवा ग्राहीहरुको लागी सहजता भएकोमा भवन विभाग महानिर्देशक प्याकुरेलले खुसी व्यक्त गर्नुभयो।