काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले एमसीसीलाई लिएर राजनीतिक बार्गेनिङ गरेको बताएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसी संसदमा सबैभन्दा पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याएको भन्दै अहिले एमालेले नै राजनीतिक बार्गेनिङ गरेको आरोप लगाए।
उनले ओलीको व्यक्तिवाद र अहंकारले देशमा धेरै राजनीतिक दुर्घटना भएको बताएका छन्। ओलीकै क्याबिनेटका मन्त्रीले एमसीसीलाई आइपीएसमा जोडेपछि एमसीसी विवादित बनेको उनले बताए । तर पछिल्लो समय जनतामा भ्रम छर्ने काम पनि एमालेले नै गरेको उनले दाबी गरे । १२ बूँदे व्याख्यात्मक टिप्पणीले जनतामा रहेका भ्रम र आशंका चिर्न खोजिएको उनको भनाइ छ ।
दक्षिणपन्थी र आत्मसमर्पणवादमा लागेको ओलीमा देश र जनताप्रति कुनै माया नरहेको अध्यक्ष नेपालले बताए । उनले ओली कम्युनिष्ट बन्न लायक व्यक्ति नै नभएको समेत बताएका छन्।