काठमाडौं। इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजनाअन्तर्गत इटहरी–४ स्थित कचना बुढीगंगा स्कुलको छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण शुरु भएको छ। १५ करोड ४४ लाख ७७ हजार रूपैयाँ लागतमा भवन निर्माण गर्न सुरु गरेको हो।
उक्त भवनको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका हुन्। दुई वर्षभित्र छात्रावास सहितको तीनतले भवन निर्माण हुने बताइएको छ। इटहरी उपमहानगरका बासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले संमृद्धिको अगुवाई गरेको बताइएको छ।
छात्रावास सहितको अत्याधुनिक सामुदायिक विद्यालय सुनसरीमै पहिलो हुने छ। इटहरी उपमहानगरको पहलमा राष्टिय योजना आयोगमार्फत संघीय सरकारको विशेष अनुदानमा उपमहानगरको १० प्रतिशत लगानी थपेर भवन निर्माण हुने छ।