काठमाडौं। बर्दिया क्षेत्र नं १ का सासंद तथा पूर्व सिँचाइमन्त्री सञ्जय गौतमले आध्यात्मिक ज्ञानको प्रचार गर्न भूमिदान गरेका छन्। उनले नेपाल मानव धर्म सेवा समिति बर्दियाका लागि आश्रम निर्माण गर्न भूमि दान दिने संकल्प गरेका हुन्।
महाशिवरात्रीको अवसर पारेर नेपाल मानव धर्म सेवा समिति, काठमाडौंले आयोजना गरेको विशेष सत्सङ्ग समारोहमा उनले यस्तो प्रतिबद्धता गरेका हुन्।
अशान्त मनलाई अध्यात्मले मात्र शान्त बनाउन सक्ने भएकाले मन शान्त बनाउन पनि ध्यान गर्नुपर्नेमा जोड दिने उद्धेश्यले उक्त आश्रम निर्माण गर्न लागिएको बताइएको छ।