काठमाडौं। सप्तरीको पश्चिमी भेगमा पर्ने बोदेबर्साइन नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ। पाँच करोड ९७ लाख ३१ हजार ५११ को लागतमा नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिएको हो।
निर्माणको ठेक्का पाएको न्यू ड्रइगन निर्माण सेवा कोटेश्वर काठमाडौंले दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी २०७६ माघ १६ गते नगरपालिकासँग सम्झौता गरेको थियो। अन्डरग्राउडसहित चार तले निर्माण गरिएको विभिन्न सुविधा रहेको बताइएको छ।
नगरपालिकाको प्रशासकीय भवन बनाउन नगर प्रमुख आतेशकुमार सिंह यादवले १० कठ्ठा जग्गा निःशुल्क दान गरेका थिए।