काठमाडौं। कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवन उद्घाटन भएको छ। नगरप्रमुख किरण सिंहले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन्।
नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुने विश्वास गरिएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ तेनुवामा निर्माण गरिएको सो भवनमा ९९ लाख रुपैयाँभएको कार्यालयले जनाएको छ।