काठमाडौं। इटहरी उपमहानगरको सबैभन्दा ठूलो योजना अन्तर्गत कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार निर्माण हुने भएको छ। २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि बजार निर्माण हुन लागेको हो।
इटहरी वडा नम्बर–९ हाटखोलामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका हुन्। कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न मिल्ने कोल्डस्टोर निर्माण हुन लागेको बताइएको छ।
यो वर्ष बजार निर्माणको लागि संघीय सरकारले रू. २ करोड २९ लाख अनुदान पठाएको छ। दुई वर्षमा निर्माण सकिने उक्त कृषि बजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ। उपमहानगरपालिकाबाट ५० प्रतिशत सहभागिता रहने छ भने यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ।