सुनसरी। इटहरी उपमहानगरमा सुनसरीकै पहिलो छात्रावाससहितको आधुनिक सामुदायिक विद्यालय भवन निर्माण सुरु भएको छ। कचना बूढीगंगा स्कुल वडा नम्बर ४ मा छात्रावाससहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो।
१५ करोड ४४ लाख ७७ हजार रुपैयाँ लागतमा दुई वर्षभित्रमा छात्रावाससहितको तीन तले भवन निर्माण हुने उपमहानगरले जनाएको छ। इटहरी उप–महानगरको पहलमा राष्ट्रिय योजना आयोगमार्फत संघीय सरकारको विशेष अनुदान र उप–महानगरको १० प्रतिशत लगानी थप गरी भवन निर्माण सुरु गरिएको हो। उक्त भवनको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले भवन शिलान्यास गरेका हुन्।