काठमाडौं। युवाहरूलाई सीपमूलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ। ४ करोड रुपैयाँ लगानीमा सो भवन निर्माण गर्न लागिएको हो।
काठमाडौं महानगरपालिका–४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्।
नेपालस्थित कतारी राजदूत युसुफ महम्मद अल हैलको विशेष पहलमा कतार च्यारेटीले करिब ४ करोड रुपैयाँ लगानीमा सो भवन निर्माण गर्न लागेको बताइएको छ। सो भवन निर्माणका लागि समाजसेवी सुलेमान गुरुङले २३ आना जग्गा दान गरेका हुन्। भवन निर्माण भएपश्चात युवाहरूलाई विभिन्न सिप विकास तालिम तथा क्षमता अभिवृद्धि तालिमहरू दिइने बताइएको छ।