चितवन । नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि आज जिल्लाभरि इन्टरनेट अवरुद्ध भएको छ । पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवनभर इन्टरनेट अवरुद्ध भएको हो ।
इन्टरनेट नभएपछि जिल्लाका सरकारी कार्यालयदेखि बैंक तथा वित्तिय संस्थाका सबै सेवा ठप्प भएका छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई छलफलका लागि बोलाएका छन् । जिल्लाका सम्पूर्ण काममा नै अवरुद्ध भएको भन्दै उहाँले छलफलबाट सहमति गरी इन्टरनेट सेवा सुचारु गरिने बताए ।