रसुवा। उत्तरगया गाउँपालिका वडा नम्बर १ तिरुमा निर्माणाधीन एकीकृत बस्तीको निर्माणको काम धमाधम भइरहेको छ। अहिले एकीकृत बस्तीमा गुम्बा, खानेपानी योजना निर्माण र विस्तापित परिवारको निजी आवास निर्माणको काम धमाधम भइरहेको हो।
रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ लगायतको सहयोगमा पूर्वाधारसहित तिरु एकीकृत बस्ती निर्माणको काम अगाडि बढिरहेको उत्तरगया गाउँपालिकाले जनाएको छ।
२०७२ सालको भूकम्पले तिरुमा नराम्रो क्षति गरेको थियो। आफ्ना भवनहरु भूकम्पले भत्किएपछि तिरु बासीहरु विस्थापित जीवन बिताइरहेका थिए। गाउँपालिकाको सहयोग र समन्वयमा निर्माण भइरहेको एकीकृत बस्तीको निर्माण सम्पन्न गर्न आफूहरु लागि पर्ने गाउँपालिकाले बताएको छ।