कैलाली। सेती प्रादेशिक अस्पताललाई तीन सय शैय्याको बनाउन सुदूरपश्चिम प्रदेश सरकारले प्रकृया अगाडी बढाएको छ। प्रदेशको मन्त्रिपरिषदको बैठकले सेती प्रादेशिक अस्पताललाई तीन सय शैय्या बनाउन विस्तृत परियोजना अध्ययन डीपीआर प्रतिवेदन तयार गरी त्यसको लागत अनुमान गरेर डिजाइन र टेण्डरका लागि सहित गरी १ करोड रुपैया स्वीकार गरेको छ ।
सेती प्रादेशिक अस्पताललाई तीन सय शैय्याको बनाउन प्रकृया अगाडी बढाएको प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताउदै सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको २०७७।७८ को मन्त्री परिषदको बैठकले वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय समेत गरेको बताउनुभयो।
बैठकले गरेको निर्णय अनुसार शुक्रबार राति १२ बजेबाट प्रदेश सभाको आठ वर्षे अधिबेशन अन्त्य गर्ने छ। त्यसैगरी प्रदेश उच्च शिक्षाको संभाव्यता अध्ययनका लागि गठन भएको कार्यदललाई समेत बैठकले पूर्णता दिएको छ।
नौ सदस्यीय कार्यदलले प्राविधिक शिक्षाविद डा. खेमराज जोशीको संयोजकत्वमा बैठकबाट पूर्णता पाएको छ। त्यसैगरी सुदूरपश्चिमको डोटी,डडेल्धुरा र कञ्चनपुरमा मन्त्रिपरिषद्को बैठकले प्रदेश लेखा इकाई कार्यालय गठन गर्ने र तीन वटै कार्यालयमा ५।५ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।