झापा। शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलको क्षतिग्रस्त भवन पुनःनिर्माणका लागि सङ्घीय सांसद एलपी सावा लिम्बूले सहयोग गरेका छन्। आगलागीबाट क्षतिग्रस्त भएको संरचना पुनःनिर्माणका लागि सांसद लिम्बूले ५१ हजार सहयोग गरेका हुन्।
क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि सञ्चालित अभियानको शुभारम्भ गर्दै उनले सो रकम सहयोग गरेका हुन्। यसै अवसरमा सांसद लिम्बूले क्षतिग्रस्त पर्यटकीयस्थल पुनःनिर्माणका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउँदै थप सहयोगको समेत प्रतिबद्धता जनाएका छन्।
करिब दुई साताअघि दोमुखास्थित दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठाको एक तले भवनमा बिजुली सर्ट भएर अचानक आगलागी हुँदा भवनमा भाडामा होटल सञ्चालन गर्दै आएका सर्वसाधारणले समेत ठूलो क्षति बेहोर्नु परेको थियो । आगलागीमा परेर २ जना घाइते समेत भएका छन्।
घाइते दुवैको उपचार भइरहेको बताइएको छ । सो भवनमा हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा र डम्बर मगरले होटल सञ्चालन गर्दै आएका थिए।