काठमाण्डौं। चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ। नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मङ्गलबार स्मार्ट पालिका घोषणा गरिएको हो।
नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पुर्याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरपालिकालाई स्मार्ट नगरपालिकाको अवधारणाअनुसार काम अघि बढाएको जानकारी दिए।
कोरोना महामारीले धेरै कुरा सिकायो, सेवाग्राहीको वडा कार्यालयमा लाग्ने गरेको भीड घटाउन र सहजरूपमा आवश्यक सेवा पुर्याउन लिइएको अपेक्षा पूरा गरेको छ, अब नगरपालिकालाई स्मार्ट पालिका बनाइएको छ, यसले सुशासनयुक्त नगरपालिका बनाउने अवधारणा पूरा भएको बताइएको छ।
स्मार्ट पालिकाका संस्थापक मनोज भट्टराईले चाँगुनारायणलाई स्मार्ट पालिका बनाउन आवश्यक प्राविधिक जिम्मेवारी पूरा गर्न सफल भएको भन्दै सङ्घीय संरचनामा देश गइरहेको अवस्थामा देशलाई नै प्रविधिमैत्री बनाउनका आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए।