काठमाडौं। नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक सुविधायुक्त नगर भवन निर्माण गर्न शुरु गरेको छ। पुरानो भवन जिर्ण भएपछि उपमहानगरले त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न शुरु गरेको हो।
उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले १३ करोड लागतमा व्यावसायिक कम्प्लेक्ससँगै सभाहल निर्माण गर्न लागेको जानकारी दिएका छन्। सभाहल निर्माणका लागि पहिलो चरणमा ४ करोड लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उनले जानकारी दिए।
चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले जानकारी दिए।
बेसमेन्टबाहेक तीनतले भवन बन्नेछ । तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुनेछ । अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ ।