काठमाडौं। सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने निर्णय गरेको हो।
अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण बर्षको एकपटक निःशुल्क गर्ने निर्णय पनि गरेको छ।