काठमाडौं। निर्माण व्यवसायी महासंघको २३ औ साधारणसभा सुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादिमा साधारसभा सुरु भएको हो।
साधारणसभा को उद्घाटन कार्यक्रममा प्रमुख प्रधानमन्त्री सेरबहादुर देउवा, विशिस्ट अतिथि सहरी विकास मन्त्री रामकुमारी झाक्री र यातायात तथा भौतिक पुर्वाधार मन्त्री रेणु कुमारी यादब छन। अन्य पुर्व मन्त्री साम्सद हरुको आतिथ्यतामा कार्यक्रम सुरु भएको छ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले महासंघको वार्षिक बिशेसाङ्क वोमोचन गरेका छन भने महासंघले कोभिडका कारण मृत्यु भएका ४० निर्माण व्यवसाहिका परिवारलाइ प्रतिपरिवार १ लाख ५० हजारका दरले राहत प्रदान गरिएको छ। महासंघले महासंघलाइ लामो समय देखि सहयोग गरेको भन्दै भौतिक पुर्वाधार मन्त्रालयका सचिब केसब शर्मालाई सम्मान पनि गरेको छ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले मन्त्रीपरिसदले भर्खरै पारित गरेको ११ औं सार्वजनिक खरिद नियमावली संसोधनको स्वागत गर्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन। उनले निर्माण सामाग्री लगायत इन्धनको अत्याधिक मुल्य वृद्धि ले निर्माण व्यवसायिलाइ मार परेको भन्दै तत्काल मुल्य समायोजन गर्न माग गरेका छन। मुल्य समायोजन नभए आफुहरु आन्दोलित हुन बाध्य हुने उनको भनाइ छ।