काठमाडौं। भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले लामो समय देखि ठेक्का अलपत्र पार्ने निर्माण व्यसायीहरुलाइ जिम्मेवारी लिन आग्रह गरेकी छन। नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा तथा १२ औं अधवेशनको उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री यादवले ७१/७२ साल अघि देखिका ठेक्का अझै अलपत्र भएको र ठेकेदार को हो भन्दै खोज्दै हिड्नु पर्ने अवस्था रहेको बताएकी हुन।
उनले भनिन, "हाम्रो देशमा २०७१ सालदेखिमा ठेक्का सम्झौता भएका काम अझै अलपत्र छन। यो सडक बनाउने ठेकेदार को हो भन्दै हिड्नु पर्ने अवस्था छ। यसको जिम्मेवारी पनि तपाइहरु निर्माण व्यवसायिले लिनुपर्छ।"
कार्यक्रममा बोल्दै उनले भनिन "कति पयले यहि कोरोनाको बेला राम्रा काम गुणस्तरीय काम पनि गरेका छन तर धेरै ले काम अलपत्र नै पारेको देखिएको छ। कुनै देश जादा एयरपोर्ट पुग्दा नै त्यस देशको अवस्था थाहा पाउन सकिन्छ। हाम्रो अवस्था धेरै नाजुक छ। हिजो गरेको पिच आज पानी पर्दा भोलि भत्किन्छ यश तर्फ व्यवसाहिको ध्यान जाने कि नजानेर देश हेर्न आएका पर्यटन हरु सडकको अवस्था देखेर दिक्क हुन्छन हामिलाइ प्रस्न गर्छन। कम बिडमा काम गर्ने अवस्थाको अन्त्य हुनुपर्छ। १५ प्रतिशत भन्दा कम बिगोमा काम गरिन्छ भनेदेशको विकास हुदैन त्यसैले यस्तो हुनुहुदैन। अरवौं लगानी गरिएको २०० भन्दा बढी पुल अहिले भत्काइसकेका छौं यसको जवाफदेही को हुनेरु यसलाइपनि व्यवसाहिले समीक्षा गर्नु पर्छ।"