काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनका लागि रवि सिंहको प्यानल घोषणा भएको छ। आइतबार बिहान हुने निर्वाचनका लागि अध्यक्ष पदका उमेदवार रवि सिंहले प्यानल घोषणा गरेका हुन्।
रवि सिंहको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा इन्जिनिरय आङ दोर्जी लामा(एडि), एसोसिएट उपाध्यक्ष अच्युत प्रसाद खरेल, १ नम्बद प्रदेश उपाध्यक्ष दिपक गौतम, मधेश प्रदेशबाट उपाध्यक्षमा शम्भु ठाकुर, बागमति प्रदेश उपाध्यक्षमा पञ्चराम तामाङ(पदम), लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा मेघ जंग शाह, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्न बहादुर खड्का र सूदुरपश्चिम प्रदेशबाट उपाध्यक्षमा प्रकाश सेठ्ठी रहेका छन्। शम्भु ठाकुर, रत्न बहादुर खड्का र प्रकाश सेठ्ठी महासंघको उपाध्यक्ष पदका लागि निर्विरोध निर्वाचित भइसकेका छन्।
त्यसैगरी सिंहको प्यानलबाट उमेदवारी दिनेमा महासचिव पदमा रोशन दाहाल, उपमहासचिव नितिगततर्फ शिवहरि घिमिरे, उपमहासचिव आन्तरिकतर्फ बालाजु श्रेष्ठ रहेका छन्। कोषाध्यक्षमा अमर बहादुर विष्ट र सह कोषाध्यक्षमा सन्तोष शाहले रवि सिंहको प्यानलबाट सहकार्य गर्ने भएका छन्।
रवि सिंह महासंघका वर्तमान अध्यक्ष पनि हुन भने महासचिव पदमा उमेदवारी दिएका रोशन दाहाल पनि महासंघका वर्तमान महासचिव हुन्। उनीहरु दुवैले आफ्नो कार्यकालमा भएका केही काम पूरा नभएकाले आफूहरु पुन दोहोरिन चाहेको बताएका छन्। रवि सिंह पुन अध्यक्ष नभएर महासंघमा अन्य आएमा बिहीबार मन्त्रिपरिषदबाट पारित भएको सार्वजनिक खरिद ऐनको ११ औं शंसोधन स्थापित हुनेमा आफूहरु विश्वस्त नभएको रवि सिंह प्यानको भनाइ छ।