दमौली । ८१ किलोमिटर सडकलाइ चार लेनको बनाउनका लागि ठेकदार कम्पनिसँग सम्झौता भएको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन - पोखरा सडकखण्डको काम अघि बढाइएको छ, जसको बिस्तारको क्रममा ६ हजार ७ सय पचास रुख काटिने भएको छ।
दुइ बेग्लाबेग्लै ठेकदार नियुक्त गरि तनहुको औबुखैरेनि देखि जामुनेसम्म ४० किलोमिटर र जामुनेबाट पोखराको पृथ्वी चोकसम्म अर्को गरि प्रक्रिया अघि बढाइरहेका छन । तिन वर्षभित्र सक्ने गरि जिम्मा लियका ठेकदारले काम थाल्नुअगाडी बिस्तारको लागि सडक क्षेत्रमा पर्ने रुख काटने काम अघि बढाउन थालियको आयोजनाको आबुखैरेनि जामुने प्रमुख नरेन्द्र सुबेदिले बताय ।
यस आयोजनाले यसाघि म्याग्दे गाउँपालिकाको गुणादीबाट जमुने क्षेत्रसम्म दुबै तर्फ गरि आठ किलोमिटर बिधुतका लाइन स्थानान्तरण गरिसकेको छ । अब बिधुतलाइ सार्ने कामसँगै राजमर्गमा परेका रुखहरु काटने कामलाइ प्राथामिकतादीइ यसको प्रक्रिया अघि बढाउने योजना रहेको सुबेदिले बताउनुका साथै रुख काट्नुपर्ने बाध्यता रहेको पनि जानकारि गराय ।
आबु -दमौलि खण्डको ४१ किलोमिटर सडकका लागि ६ अर्ब २० करोड तथा जामुनेबात पोखरा पृथ्वी चोकसम्मको खन्डका लागि ७ अर्ब ४० करोड जम्मा १३ अर्ब ६० करोडको लागतमा एसियालि बिकास बैंकको आर्थिक सहयोग लीइ काम हुने अनुमान गरियको छ । दुबै तर्फको सडकमा सडक कर्यालय तथा ठेकदारको सम्पर्क कर्यालय समेत राखि काम अघि बढाइएको छ ।
सडकका लागि आबस्यक निजि जग्गाका लागि मुआब्जाको प्रक्रियामा पनि सघाइरहेको तनहुँको सहायक प्रमुख जिल्ला अधिकारि चित्रांगत बरालले बताए ।