काठमाडौं। साँगु खोला जलविद्युत आयोजना निर्माणका लागि बैंकले साढे २ अर्ब लगानी गर्ने भएको छ ।
कुल लागत ३ अर्ब ६० करोड अनुमान गरिएको साँगु खोला परियोजना निर्माणको लागि २ अर्ब ५२ करोड बैंक ऋण हुने भएको हो ।
२० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजनाको पूरक वातावरणीय प्रभावत मूल्यांकन सकिएपछि त्यसप्रति रायसुझाब माग गर्ने प्रकृया अगाडि बढेको छ। मिहपर्वत हाइड्रोपावर प्रालिले निर्माण गर्दै गरेको यस परियोजनाको करिब ५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ।
यस परियोजनाको संस्थापक सेयरधनीले आफ्नो भागको कुल लगानी रकममध्ये ३० प्रतिशत सर्वसाधारणबाट उठाउने भएका छन्।