काठमाण्डौं। पाल्पाको बगनासकाली गाउँपालिका–४ खानीछापको वडा भवन निर्माण सम्पन्न छ। यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो। ३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको हो।
बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गरेका हुन्। बगनासकालीमा प्रशासनिक सेवामा सुधार आएको सुविधासम्पन्न प्रविधिको प्रयोग गरी सेवालाई जनमैत्री गराएको बताइएको छ। बगनासकालीका नौ वडामध्ये आधारभूत सेवासुविधाको हकमा पछाडि रहे पनि अहिले शिक्षा, स्वास्थ्य, छ। मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन तथा झोलुङे पुलसमेत निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल भएको बताइएको छ।