काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको मतदान सम्पन्न भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ११ बजेदेखि शुरु भएको मतदान कार्य दिउँसो ३ बजे सकिएको हो।
मतदान सकिएसँगै मतगणनाको लागि तयारी भइरहेको छ। आज साँझ नै मतगणना गरी सार्वजनिक गर्ने निर्वाचन कमिटिले जनाएको छ।
निर्माण व्यवसायी महासंघको १२ औं अधिवेशनबाट नयाँ कार्यसमिति एवं सदस्यहरु चयनका लागि आज मतदान भएको थियो। महासंघको २३ औं साधारणसभा र १२ औं अधिवेशन गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी शुरु भएको थियो।
महासंघको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रवि सिंह, वर्तमान महासचिव निकोलस पाण्डे र हुमनाथ कोइराला उमेदवार छन्। सिंह र पाण्डेले प्यानल नै घोषणा गरेका छन्। प्रतिनिधि मतदाताहरुको माहोल हेर्दा मुख्य प्रतिष्पर्धामा सिंह र पाण्डे नै रहेको देखिएको छ।