काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको मतगणना जारी छ। हालसम्मको गणनाबाट तीन जना उपाध्यक्ष निर्वाचित भइसकेका छन्। एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेस), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी र लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन्। तीनै जना उपाध्यक्ष निकोलस पाण्डे प्यानलका हुन्।