काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको मतगणना जारी छ। नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणनामा जारी रहेको हो।
हालसम्म ३ सय मत गणना भएकोमा अध्यक्ष पदमा रवि सिंहको अग्रता देखिन्छ। रवि सिंहले २०० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी निकोलस पाण्डेले ८३ मत प्राप्त गरेका छन्। हुमनाथ कोइरालाले ४ मत प्राप्त गरेका छन्।
हालसम्मको मत गणनाअनुसार अध्यक्ष पदमा सिंहको अग्रता देखिएको छ भने महासचिव पदका लागि भएको मतदानमा रोशन दाहाल ७० प्रतिशत मतले अघि रहेको बुझिएको छ।