काठमाडौं। सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ। बैंकले भवन निर्माणको लागि दुई लाख रुपैयाँ सहयोग गरेको हो।
गत बिहीबार एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतमलाई चेक हस्तान्तरण गरेका हुन्।
इलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरू दिँदै आएको छ। निर्माण गर्न लागेको भवन तालिम हल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन मदत गर्ने सोसाइटीले बताएको छ।
बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको छ।