काठमाडौं। रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ५ ले प्रशासनिक भवन निर्माण गरेको छ। प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले नवनिर्मित वडा भवन उद्घाटन गरेका हुन्।
वडा भवन निर्माणपछि अब नयाँ कार्यालय भवनबाट काम सुरु गरिने बताइएको छ। सुनापति गाउँपालिकाले स्थानीय निकायमा निर्वाचित भएपछिका ५ वर्षमा धेरै काम भएको जनाएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठ, सुनापति पालिकाका अध्यक्ष धाबा लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि उपस्थित थिए।