उदयपुर। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको जिल्ला कार्यालय उदयपुरको भवन निर्माण गरिएको छ। उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्सेस्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा नै निर्माण गरिएको नयाँ भवनको उदघाटन गरिएको हो।
उक्त जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित भवन महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीले सोमबार उदघाटन गरेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसर भित्र नवनिर्मित कार्यालय भवन ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। सो भवन भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ।
प्रशासनिक भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष निर्माणको जिम्मेवारी आषिस।आर्शिवाद जेबि उदयपुरले जिम्मा लिएको थियो। नयाँ भवनमा पहिलो बाल न्यायिक हिरासतको व्यवस्था गरिएको छ भने महिला र पुरुषलाई छुट्टा छुट्टै एटेज शौचालय सहितको न्यायिक हिरासत राखिएको छ।
नवर्निमित भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न नेपाल प्रहरी अझ चनाखो हुनु पर्नेमा जोड दिए। २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।