हुम्ला। दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार सर्वसाधारण आठ महिनादेखि विद्युत् सेवाबाट बञ्चित छन्। वडा नम्बर ४, ५ र ६ मा गत साउनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो।
साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन। ती तीन वडावासीले सल्लाले दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन्। नहर मर्मतमा चासो नराख्दा विद्युत् आयोनना सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ।
विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ।