लहान। जग्गा विवादलाई लिएर स्थानीयवासीले अदालतमा दायर गरेको मुद्दाको कारण राष्ट्रिय गौरव आयोजनामध्ये, निर्माणाधीन पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको ठाउँठाउँमा सडक निर्माण काम रोकिएको छ। पश्चिम बलान खोलादेखि जमुनी चोकसम्म करिब १८ किलोमिटर सडकमा कालोपत्रे भएको भएता पनि बाँकी रहेको करिब सात किलोमिटर सडक जग्गा विवादका कारण अघि बढाउन सकिएको छैन्।
जग्गा अधिग्रहन विवादले इलाका प्रहरी कार्यलय पुर्व र शत्रुधन चौकदेखि पश्चिम बीचको करिब ३ किलो मिटर सडक निर्माण अहिलेसम्म पनि हुन सकेको छैन्। बोदे बर्साइन नगरपालिका-५ बजारको उक्त सडकमा कब्रिस्तानको पर्खाल परेको र सो पर्खाल भत्काउन नमानेका कारण निर्माण अवरुद्ध भएको हो। उक्त क्षेत्रको जग्गा अधिग्रहन गर्न स्थानीयले चासो नदेखाएको कारण समस्या समाधान हुन नसकेको हो। कब्रिस्थानको करिब डेढमिटर पर्खाल सडकको मापदण्डमा परेको भएता पनि भत्काउन नमान्दा उक्त खण्डमा निर्माण नगरीएको निर्माण व्यवसायिले जानकारी दिएका छन्।
त्यस्तै बोदे बसाईन नगरपालिकाको कुशमहार चोकमा पनि जग्गाको विवादलाई लिएर अदालमा मुद्दा दायर गरेको कारणले माटो र ग्राभेल गरीसकेको उक्त क्षेत्रमा कालोपत्रे निर्माण कार्य रोकिएको छ। सदरमुकाम राजविराजको खर्साल टोलदेखि राममन्दिरसम्मको निर्माण कार्यमा पनि फरकफरक व्यक्तिबाट चार वटा मुद्दा परेको हुनाले सडक निर्माण कार्य ढिलाई भएको छ। सर्खाल टोलमा नै रहेको माउन्ट एभरेष्ट स्कुलका सञ्चालकले नाला बनाउन अवरोध गरेको कारणले गर्दा पनि सदरमुकामभित्रकै सडक तथा नाला निर्माणमा कठिनाई भएको हो।
ठेकेदार कम्पनीले ०७७/२९ सम्म सडक स्तरोन्नती सक्ने गरी ०७४ पुस १४ मा ठेक्का सम्झौता गरेको भएतापनि उक्त मितिमा काम नसकिएको कारण ६ महिना म्याद थप गरिएकोम्याद पनि सकिएको छ। विभिन्न स्थानका स्थानीय बासीन्दाहरुले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा जाएर गरेको कारणले गर्दा पनि समयमा काम हुन नसकेको हो। सप्तरीका विभिन्न नदिमा ११ वटा पुल निर्माण कार्यमा ढिलाइ भएको छ।
६ वर्ष भन्दा पहिले नै निर्माण कार्य थालिएको मुतनी नदीको पुल निर्माण अझै पनि पुरा हुन नसक्दा स्थानीय बासीन्दा कष्टकार यात्रा गर्न बाँध्य रेहेका छन। उक्त पुल अरनिको, लामा, बामती जेभी काठमाडौंले २ वर्षमा सक्ने गरी ०७२ असार २५ मा ठेक्का सम्झौता गरेको भएता पनि निर्माणको म्याद सकिएको ४ वर्षमा पनि निर्माण कार्य पुरा हुन नसकेको कारणले गर्दा स्थानीयले सास्ती भोग्नु परेको छ।