सिन्धुली। ५ वर्षे कार्यअवधि सकिनै लाग्दासमेत गोलन्जोर गाउँपालिका–१ डुडभन्ज्याङको कार्यालय विद्यालयबाट चलेको छ। कामदा माविको एउटा कोठालाई कार्यालय बनाएर प्रयोग गर्दै आएको बताइएको छ।
विद्यालयकै कोठामा कार्यकाल बित्न लाग्यो, बैठक बस्नुपर्दा बाहिर चौरमा बस्ने गरेको वडाध्यक्षले बताए। भाडा भने तिर्न परेको छैन। गोलन्जोर–७ को कार्यालय पनि स्वास्थ्य चौकी खुर्कोटको भवनबाट चल्दै आएको छ। तीनपाटन गाउँपालिका–८ कार्यालय पनि आयुर्वेद भवनमा छ। वडा–३ र ९ को कार्यालय भने भाडाको घरमा सञ्चालित छन्।
११ वडामध्ये २ वटामा यसअघि नै भवन रहेको र ६ वटामा नयाँ भवन बनेको बताइएको छ। जिल्लामा कुल ७९ वडामध्ये १७ वटाको आफ्नै भवन छैन ।