काठमाडौं। दशैंअघि विद्युत महशुल समायोजन गर्ने तयारी गरिएको छ। विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिका लागि गरेको प्रस्तावको सुनुवाइ गर्दै तत्काल समायोजन गर्ने भएको हो।
आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले सार्वजनिक सुनुवाइ सकिएकाले यसक्रममा आएका र अन्य माध्यमबाट आएका सबै सुझाव र प्रतिकृयालाई विश्लेषण गरेर दशैंअघि नै विद्युत महशुलबारे निर्णय गरिसक्ने जानकारी दिए।
अधिकांश सरोकारवालाको विद्युतको महशुल नघटाउने गरी सल्लाह, सुझाव र प्रतिक्रिया आएको बताउँदै उनले आयोग प्राधिकरणलाई अत्यावश्यक खर्चलाई समेत ध्यान दिई मर्का नपर्ने गरी महशुल समायोजनको पक्षमा रहेको बताए।