काठमाडौं। धनकुटाको सहिदभूमि गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ। पालिका भवन २ करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो।
नवनिर्मित भवनको संघीय प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गरेका हुन्। समयअगावै भवन निर्माण पूरा गर्ने बताइएको छ।
भवन निमार्णका लागि जग्गा उपलब्ध गराउने जग्गादाता जयवृद्धि राई, जसलाल राई, मदनकुमारी राई र गोविन्द भुजेललाई पालिका अध्यक्ष मनोज राईले सम्मान गरे।