तनहुँ। म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ। ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको रु ३५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो।
पृथ्वीराजमार्गका क्षेत्रमा शौचालय नहुँदा जथाभावी फोहोर हुन थालेपछि शौचालय निर्माण गरिएको बताइएको छ। खुला दिसामुक्त बनेको जिल्लामा जताततै दुर्गन्ध र फोहोर गर्न थालेपछि शौचालयको आवश्यकता महसुस गरी शौचालय निर्माण गरिएको हो।
वडालाई न्यूनतम मासिक भाडा बुझाउने गरी शौचालयलाई ठेक्कामा दिने वडा कार्यालयको योजना छ। शौचालयमा रेखदेख र सरसफाइका लागि एक÷दुईजना जनशक्ति आवश्यक पर्ने हुँदा दिसापिसाब गरेको न्यूनतम शुल्क तोकिने भएको बताइएको हो। शौचालयको निर्माण पूरा भइसके पनि प्रयोगमा ल्याई नसकिएको वडा कार्यालयले जनाएको छ।