काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका हुन्।
ढोरपाटनसहित उक्त आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुसार विकासका गतिविधि अघि बढाउन सरकार प्रतिबद्ध भएको बताउँदै उनले प्राथामिकता अनुसार योजना तय गर्न पनि आग्रह गरे।
ढोरपाटन सिकार आरक्ष कार्यालयमा उक्त आरक्षबाट भइरहेका कामबारे मुख्यमन्त्रीले जानकारी लिएका छन्। त्यस्तै ढोरपाटनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले स्थानीय समृद्धि र विकासका लागि एकताबद्ध भएर जानु सकारात्मक भएको जानकारी दिए।