काठमाडौं। रसुवाको उत्तरगया गाउँपालिकाले चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम बमोजिम उत्तरगया खेलकुद मैदान निर्माण गर्ने भएको छ। करिब ६० लाख कबोल (भ्याट) सहित खेलकुद मैदानको निर्माण काम सुरु गर्न लागिएको हो।
सो कार्यको लागि नुवाकोटमा रहेको आर।आर कन्स्ट्रक्सनको बोलपत्र स्वीकृत गरेको छ। अब छिट्टै काम सुरु हुने र करिब ४ महिनामा मैदान निर्माण गरीसक्ने कम्पनीको प्रतिबद्दता जनाएको छ। विभिन्न खेलकुद प्रतियोगिता , महोत्सबहरु आयोजना गर्न सकिने हुनाले त्यहाँका गाउँबासी निकै हर्षित भएका छन्।
पर्यटनको प्रबर्दनमा ठुलो टेवा पुग्ने र युवाहरुको सक्रियता बढ्नेमा गाउँपालिका प्रमुख उपेन्द्र लम्साल आशाबादी छन्। ”मैदानमा विभिन्न कार्यक्रम संचालन गरिने छ जसले गर्दा हाम्रो गाउँपालिकामा पर्यटकको आगमन सहित युवा जनसक्तिको परिचालन हुनेछ।” प्रमुख भन्छन्। आर्थिक र सास्कृतिक सम्वृद्धिमा उक्त मैदानले ठूलो सहयोग गर्नेमा गाउँबासीले विश्वास गरेका छन्।