काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले बझाङको एक विद्यालयमा प्रतीक्षालय निर्माण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बैंकको बझाङ शाखाले जालपा माध्यमिक विद्यालयमा प्रतीक्षालय निमार्ण गरेको हो।
विद्यालयको प्रांगणमा एक विशेष कार्यक्रमको आयोजना गरी नवनिर्मित प्रतीक्षालय विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ। विद्यालयका प्रधानाध्यापकलाई नवनिर्मित प्रतीक्षालय हस्तान्तरण गरिएको बैंकको बझाङ शाखाले जानकारी दिए। विद्यार्थीहरुलाई घाम पानीबाट बचाउनका लागि प्रतीक्षालय निर्माण गरेको हो।