विराटनगर। मोरङ जिल्लाको विराटनगरमा निर्माण गरिएको आरोहण–गुरुकुल नाट्यशाला भवनको आज उदघाटन गरिएको छ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्तरुपमा भवन उदघाटन गरेका हुन्।
उक्त आरोहण–गुरुकुल नाट्यशाला भवन भारत सरकारको ३ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको हो।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको अमृत महोत्सव अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ वटा परियोजनाहरु मध्ये यो पनि एक रहेको बताइएको छ।