काठमाडौं। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ। रु तीन करोड २० लाख ६० हजारमा सभाहल सहितको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण भएको हो।
भवन निर्माण सम्पन्न भएर सेवा दिन सुरु गरिसकेको छ। तीन तल्ले भवनमा पहिलोमा प्राविधिक, शिक्षा, कृषि, पशु, भेटेरीनरी, भण्डारण कक्ष, दोस्रोमा लेखा शाखा प्रमुख, लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरको कार्यकक्ष छ। तेस्रोमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष र सभाहल रहेको बताइएको छ। उक्त भवनमा १९ वटा कोठा रहेका छन्।
पाँच वर्षमा विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गाउँपालिकाले फड्को मारेको पालिकाले जनाएको छ। नयाँ भवन निर्माण भएसँगै सेवा दिने कर्मचारीलाई सहज भएको छ भने, सेवा लिने सर्वसाधारणलाई पनी सेवा लिन सहज भएको स्थानीयले बताए।