काठमाडौं। चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माण हने भएको छ। आमा र बच्चाको सुरक्षाका लागि उक्त अस्पताल रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको हो।
उक्त अस्पतालको सामबार मेयर नारायण वनले शिलान्यास गरेका छन्। प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा अस्पताल निर्माण हुने भएको हो। रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण गर्न लागिएको हो। गर्भवती महिला र उनीबाट जन्मिएको बच्चाको सुरक्षाको लागि छुट्टै अस्पतालको रुपमा मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको मेयर वनले बताए। आफ्नो कार्यकालमा मातृशिशु अस्पताल निर्माण गरेर विदा हुन भन्दै मेयर वनले नगरबासीहरुलाई सुन्दर उपहारका रुपमा अस्पताल निर्माण सुरु गरेको बताए।
पाँच तले सो भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना रहेको छ। अस्पतालमा आमा र बच्चाको लागि आइसीयु,सुत्केरी कक्ष,जनरल वार्ड तथा विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान गरिने छ। अस्पतालमा चितवनसहित देशभरबाट आउने गर्भवती महिला र शिशुको उपचार हुने छ। अस्पताल सञ्चालन भएपछि गर्भवती गराउन भरतपुर जानु पर्ने बाध्यताको अन्त्य हुने छ।