काठमाडौं। रामपुर नगरपालिकाका नयाँ भवन निर्माण भएको छ। ५ करोड ८७ लाख भन्दाबढीको लगानीमा नगरपालिकाको भवन निर्माण भएको हो।
यसअघि भवन अभावमा मालपोत तथा नापी कार्यालयको भवनबाट नगरपालिकाले सेवा दिँदैआएको थियो। नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको हो ।
यस भवन २०७४ असार ३० गते सम्झौता भएर २०७६ असार ३० मा सम्पन्न गर्नुपर्ने भए पनि रकम अभाव र कोरोना सङ्क्रमका कारण भवन निर्माणमा ढिलाइ भएको नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिए । निर्माण समय थप गरी २०७८ असार ३० गते भवन निर्माण सम्पन्न भएपछि हाल यसबाटै सेवा प्रवाह भइरहेको छ।