वीरगञ्ज। वीरगञ्जको छपकैयामा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालयका लागि राउन्ड टेबल नेपालले ४ वटा कक्षाकोठाको एउटा भवन निर्माण गरी हस्तान्तरण गरेको छ । विद्यालयको भवनमा भएको कार्यक्रममा राउन्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बाहेतीले सुविधासम्पन्न ४ वटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
राउन्ड टेबल ८ का अध्यक्ष दिपल खन्ना र राउन्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा कक्षाकोठा हस्तान्तरण गरिएको हो। तीन महिना पहिला विद्यालयमा २६ लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गर्ने आयोजनाअन्तर्गत चारवटा कक्षाकोठा र सोका लागि कुर्सी, टेबल, कालोपाटीलगायतका सामग्रीसहित हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
गैरनाफामूलक संस्था राउन्ड टेबल नेपालले देशका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको जनाइएको छ ।