काठमाडौं। मेलम्चीको बस्ती निर्माणका लागि रकम हस्तान्तरण गरिएको छ। कलाकारहरूले स्थापना गरेको सिन्धु सहयोग कोषमार्फत मेलम्चीका बाढीपीडितका लागि बस्ती निर्माण गर्न संकलित रकमबाट मेलम्ची बाढीपीडित एकीकृत बस्ती निर्माण समितिलाई हालै नौ लाख नौ हजार एक सय अट्सठि रुपियाँ हस्तान्तरण गरिएको हो।
कोषका संयोजक अभिनेता कृष्ण मल्लले सो समितिका अध्यक्ष कृष्ण थापालाई उक्त रकम हस्तान्तरण गरेका छन्। रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वक्ताहरूले कलाकारहरू देशको मेरुदण्ड भएको र देशमा संकट परेको बेला सदैव मद्दत गर्न एकजुट हुने र संकलित रकमको सहि सदुपयोग हुनेमा बिश्वस्त रहन आग्रह गरेका थिए।