काठमाडौं। १० मेगावाट क्षमताको परियोजनाको कुल लागत ८० करोड रुपैयाँ अनुमान गरिएको मिथिला–२ सौर्य विद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। यस आयोजना इको ग्लोबल पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्ने भएको छ। परियोजना निर्माण गर्दा आयोजना स्थलमा कस्तो असर पर्छ त्यसको बारेमा राय सुझाब ३५ दिन भित्र दिनको लागि कम्पनीले आह्वान गरेको छ।
मिथिला–२ बाट डीसी विद्युत निकाली उक्त विद्युतलाई २५ सय किलोवाट क्षमताका ४ इन्भर्टरमार्फत १० मेगावाट बिजुली उत्पादन गरिने छ। यस आयोजना बाट उत्पादन भएको बिजुली ३३ केभी ट्रान्सफर्मरमार्फत विद्युत प्राधिकरण ढल्केवर सब स्टेसनमामा जोडिने भएको छ।जसका लागि करिव १ किलो मिटरको प्रशारण लाइन निर्माणगर्नु पर्ने छ।
यस कम्पनीले मिथिला–२ अघि १० मेगावाट क्षमताको मिथिला सौर्य विद्युत आयोजना निर्माण गरेको थियो भने यस आयोजना पछि उक्त कम्पनीले लहान र नवलपुरमा १०१० मेगावाटकै दुई आयोजना निर्माण गर्ने भएको छ।