काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ। नर्भिकले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले सुविधासम्पन्न ८ तले भवन निर्माणको काम शुरु गरेको हो।
पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा भवन निर्माणको काम शुरु गरेको छ।
नर्भिकको २९ औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी वैशाख १ गतेदेखि विधिवत रुपमा शुरु हुने बताइएको छ।
सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको छ । सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट निर्देशक अरविन्दकुमार झाले हस्ताक्षर गरेका छन् ।
नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने बताइएको छ।