काठमाडौं। काभ्रेको धुलिखेलमा २२५ शैय्या क्षमताको स्टार लेवलको होटल निर्माण हुने भएको छ। धुलिखेल नगरपालिकाको वडा न. ११, काभ्रे भञ्ज्याङ्गमा होटल निर्माण हुने भएको हो।
सनवुड हस्पिटालिटी प्रालिले निर्माण गर्न लागेको होटलको लागि वातावरणीय प्रभाव मूल्याङ्कन तथा क्षेत्र निर्धारण गर्न उक्त क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी लगायतसँग राय सुझावका लागि सार्वजनिक सूचना प्रकाशित भएको छ।
कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित सुबिधानगरमा तथा मेल ठेगानामा ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन सकिनेछ।
