काठमाडौं। बन्दीपुर गाउँपालिका मातहत रहेका छ वटा वडा र स्वास्थ्य केन्द्रका आफ्नै भवन निर्माण गरिएको छ।
गाउँपालिका–२ को भवनबाहेक अन्य पाँच वडाको भवन निर्माण सम्पन्न भइसकेका छन्। ठेकेदारका कारण उक्त वडा भवन निर्माण कार्यमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय भवन निर्माण कार्यलाई तीव्रता दिइएकाले छिट्टै उद्घाटन गर्ने लक्ष्य राखिएको छ। वडा भवनका लागि गाउँपालिकाले रु ६४ लाखका दरले रु तीन करोड चौरासी लाख बजेट विनियोजन गरेको बताइएको छ।
त्यसैगरी छ वटै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण सम्पन्न गरिएको छ। स्वास्थ्य भवनका लागि गाउँपालिकाले रु ३८ लाखका दरले रु दुई करोड २८ लाख बजेट विनियोजन गरेको थियो। कार्यालयका आफ्नै भवन नहुँदा भाडा र पुराना गाविसको भवनबाट सञ्चालन गर्दा कठिनाइका साथ सेवा प्रवाह गर्नुपरेको गाउँपालिकाले जनाएको छ।
आफ्नै भवन निर्माणपश्चात् सेवाग्राहीलाई सेवा विस्तारमा सहज भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाले सोमबारदेखि सुकुम्बासीहरुलाई निस्सा वितरण कार्य थालेको छ। गाउँपालिका–१ का ७३, वडा नं ४ र ५ का १६० जना गरी कुल २३३ जनालाई निस्सा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए। बाँकी तीनवटा वडामा पनि तत्कालै निस्सा वितरण गर्ने योजना रहेको छ। उनले भने, “सदियौँ देखि पुर्जाविहीन बनेका सुकुम्वासीहरु पुर्जा पाएपछि हर्षित भएका छन्।