धादिङ।हुवासिन सिमेन्ट कम्पनीले पीपीसी सिमेन्ट बिक्री सुरु गरेको छ। कम्पनीले शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो। कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएको हो। यो चरणमा पास भएर पुन दोस्रो चरणमा प्रवेश गर्नेछ।
परीक्षण बिक्रीको दोस्रो चरण पनि पास भएमा मात्रै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नेछ। शुक्रबारबाट बजारमा बिक्री सुरु गरिएको कम्पनीका नेपाली साझेदार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले बताए। उनका अनुसार हुवासिन सिमेन्टको मूल्य अन्य सिमेन्ट कम्पनीको भन्दा कम हुनेछ।
कम्पनीले हाल कम्पनी मूल्य पीपीसी सिमेन्टमा ५० किलोको प्रतिबोरा ५ सय ३० रुपैंया राखेको छ।
धादिङस्थित उद्योगमा गई ढुवानी गर्ने ट्रकका ड्राइभरहरुलाई सम्मान गर्दै बिक्री सुरु गरिएको हो। हुवासिनले सिमेन्टले बिक्री सुरु गरेपछि एकै जिल्लामा दुई सिमेन्ट कम्पनीबीच प्रतिस्पर्धा सुरु हुनेछ।
हुवासिनले बिक्री सुरु गरेको पीपीसी सिमेन्ट र युनाइटेड सिमेन्ट पीपीसी सिमेन्टमा फ्याक्ट्री मूल्य ३० रुपैयाँ फरक परेको छ। युनाइटेडले पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य ५ सय ६० रुपैयाँ राखेको छ।